• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




सङ्खुवासभाको कारागारभित्र कैदीको हत्या, दुई कर्मचारी नियन्त्रणमा

Sep 3, 2023 |

सङ्खुवासभाको कारागारभित्र कैदीको हत्या, दुई कर्मचारी नियन्त्रणमा

675
SHARES
ShareTweet

सङ्खुवासभा – सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीले कारागारका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


कैदीको हत्या प्रकरणमा मुछिएका कारागारका कम्प्युटर अपरेटर इन्द्रनारायण यादव र कार्यालय सहयोगी ढकलाल कार्कीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । पक्राउ परेका कम्प्युटर अपरेटर यादव र कार्यालय सहयोगी कार्कीलाई शुक्रबार म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गोदारले बताए ।


ADVERTISEMENT

# # #


कैदी कुटपिटमा प्रत्यक्ष संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीलाई कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ । कैदी हत्या प्रकरणमा प्रत्यक्ष संलग्न देखिएका झन्डै डेढ दर्जन व्यक्ति प्रहरी हिरासतमा छन् । कैदी हत्या प्रकरणमा अनुसन्धान भइरहेका प्रहरी, चौकीदार, कैदी र कारागार कर्मचारीसहित १६ देखि १९ जनाविरुद्ध मुद्दा दर्ता गरेर अदातलतमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कारागारमा रहेको सिसीटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी, चौकीदार र कारागार कर्मचारीसहित केही कैदीको संलग्नता देखिएको थियो । कैदी हत्या प्रकरण प्रत्यक्ष संलग्न देखिएका केही प्रहरीलाई विभागीय कारबाही हुने प्रहरीले जनाएको छ ।

कुटपिटबाट गत साउन २४ गते सङ्खुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो । पच्चीस जनाको क्षमता रहेको कारागारमा अहिले एक सय ३६ कैदीबन्दी छन् ।





#
#

#







#




#

#


Share:

Rate:

Previousएमाले महासचिव शङ्कर पोखरेलकाे नेतृत्वमा उच्चस्तरीय टोली चीन प्रस्थान
Nextवर्तमान संविधानमाथि नै खतरा छ : संयोजक सिटौला

ताजा खबर

  • लिग-२ : नेदरल्याण्ड्सविरुद्ध नेपाल १६ रनले विजयी, स्कटल्याण्डमा ४ मध्ये ३ खेल जित्यो
  • ‘कोरिया सरकारको सहयोगमा नेपालमा पहिलोपटक हरित ऋणपत्र निष्काशन’
  • साइबर सुरक्षा र साइबर अपराधबारे प्रहरी प्रधान कार्यालयमा गहन अन्तरक्रिया
  • सरकारले ल्याएको बजेटका कतिपय कुरामा मेरो चित्त बुझेको छैन : सभापति देउवा
  • महानगरपालिकाको केन्द्रीय कार्यालयकै पिउने पानीमा भेटियो कोलिफर्म, २ लाख जरिवाना

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved