काठमाडाैँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका स्थित निर्वाचन सम्पन्न भएकाे छ । निर्वाचनमा सुर्य लम्सालको अध्यक्षतामा निर्बिरोध नेतृत्व चयन भएको एनआरएनए सचिवालयले जनाएकाे छ ।


ADVERTISEMENT


एनआरएनए अमेरिकाको निर्वाचन समितिले दिएको अन्तिम सूचना अनुसार निर्वाचनकाे सम्पूर्ण प्रक्रिया पुरागरी वर्तमान अध्यक्ष सुर्य लम्सालको अध्यक्षतामा निर्बिरोध नेतृत्व निर्वाचित भएको पूर्ण बिवरण सहित सार्वजनिक गरेको हाे।


ADVERTISEMENT

# # #


उनीसँगै समितिकाे वरिष्ठ उपाध्यक्षमा नवराज सुवेदी, उपाध्यक्षमा विराज भण्डारी, विरेन्द्र चाैधरी, मिन खड्का र प्रकृति न्याैपाने रहेका छन् ।  यस्तै महासचिवमा यदू बन्जारा, सचिवमा ड्याजीमा शेर्पा, डिल्ली राम ढुङ्गाना र मनबहादुर शाह छन् भने कोषाध्यक्षमा प्रशान्त खड्का र सह काेषाध्यक्षमा विनाेद गाेयल रहेका छन् ।

त्यस्तै सम्पन्न निर्वाचनमा युवा संयाेजकमा एक जना चयन भएका छन् भने सञ्चालक समितिमा चार जना रहेका छन् । अर्का तिर, स्टेट परिषदमा तीन जना रहेका छन् ।