काठमाडौं – नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।


ADVERTISEMENT

#


राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राजदूत दलेलले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेसँगै दलेलले नेपाल र भारतबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।


ADVERTISEMENT

#
#


नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक, सामाजिक तथा आर्थिक सम्बन्ध रहँदै आएको छ। दुई देशबीचको सहकार्य, आपसी हित र द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउन उनको कार्यकाल महत्वपूर्ण हुने विश्वास गरिएको छ।