काठमाडौँ– संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माको नाम अनुमोदन गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारमा शुक्रबार बसेको बैठकले शर्मालाई बोलाएर सुनुवाई गरेपछि सर्वसम्मतले अनुमोदन गर्ने निर्णय गरेको हो । यसअघि विनोद शर्माविरुद्ध उजुरी गर्न १० दिनको सार्वजनिक सुचना जारी गरेपनि उनीविरुद्ध कुनै उजुरी प्राप्त नभएपछि समितिले सिधै सुनुवाई गरेको थियो ।


ADVERTISEMENT

# # #


समिति सभापति पशुपतिशम्शेर राणाले न्याय परिषदको पत्रानुसार शर्मालाई सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशमा सिफारिस गरेबमोजिम संसदीय सुनुवाई गरेर शर्माको नाम सर्वसम्मतले अनुमोदन गरिएको जानकारी दिए ।

त्यसअघि सुनवाईका क्रममा प्रस्तावित न्यायाधीश शर्माले न्यायालयमा हुने ढिलासुस्तीलाई कम गर्ने, प्रभावकारी कानूनी उपचारको व्यवस्थामा आफ्नो ध्यान कन्द्रित हुने बताए । शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई आत्मासात गर्दै आफुले कार्यसम्पादन गर्ने समेत उनको भनाई छ । न्यायालयप्रति जनताको विश्वास कायम गर्न पनि प्रभावकारी रुपमा काम गर्ने उनको जिकीर छ ।

न्यायपरिषद्को गत भदौ १० गते बसेको बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।