काठमाडौँ – सरकारले संविधान दिवसका अवसरमा प्रदान गर्दै आएको विभूषण वितरण कार्य स्थगित गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारप्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यस्तै सरकारले विभूषण वितरणलाई मर्यादित बनाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तराष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी कानुनको अध्ययन गरि तीन महिनाभित्र प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको छ ।
कार्यदलको अध्ययन प्रतिवेदन नआएसम्म हाललाई विभूषण प्रदान कार्य स्थगन गरिएको प्रवक्ता शर्माले बताइन् ।