काठमाडौँ – हिमालयन बैंक लिमिटेडले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेशनमा डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंक र सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशनबीच भएको सम्झौता अनुसार पेट्रोल स्टेशनमा आउने ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बुधबारदेखि उक्त काउन्टर सञ्चालनमा ल्याइएको हो ।
रिपुमर्दिनी पेट्रोल स्टेशनमा स्थापना गरिएको सो काउन्टरमा ग्राहकहरुले विभिन्न बैंकको मोबाइल बैंकिङ्ग एपमा रहेको नेपाल पे क्यूआर तथा सबै बैंकबाट जारी भएको एटिएम कार्ड मार्फत पीओएस मेसिनबाट सहजै भुक्तानी गर्न सक्नेछन् । भुक्तानी प्राप्त भए पश्चात् नै भ्वाइस मेसिन तथा एसएमए मार्फत क्रेता तथा बिक्रेताले भुक्तानी सम्बन्धी जानकारी प्राप्त गर्ने बैंकले जनाएको छ ।
बैंककातर्फबाट बैंकका नायब प्रमुख कार्यकारी उज्वल राजभण्डारी तथा सैनिक कल्याणकारी कोषको तर्फबाट कोषका सहायक रथि किरण केसीले एक समारोहबीच उक्त डिजिटल भुक्तानी काउन्टरको संयुक्तरुपमा उद्घाटन गरेका छन् ।