राहुल गुप्ता, वीरगंज – सशस्त्र प्रहरी बल नेपालले वीरगंजबाट एउटै नम्बर प्लेटका दुई वटा भारतीय ट्रकलाई पक्राउ गरेको छ।


ADVERTISEMENT


शनिबार सशस्त्र प्रहरी बलको वीरगञ्जस्थित फरवार्ड अपरेटिङ बेस (एफओबी)बाट खटिएको मोबाईल गस्ती टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ बाट एउटै नम्बर प्लेट UP70FT 2525 भएका २ वटा भारतीय ट्रकलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका दुबै ट्रकको नम्बर रहेका छन् ।


ADVERTISEMENT

# # #


सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिएका मध्ये एउटा ट्रक खाली रहेको थियो चने अर्कोमा मकै लोड गरिएको थियो । नियन्त्रणपश्चात ती भारतीय ट्रकलाई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले जानकारी दिए ।