काठमाडौँ– लामो समयको अनिश्चयलाई तोड्दै बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले सातवटै प्रदेशका प्रमुख तोकेको छ ।


ADVERTISEMENT


नेकपा एमालेको असहमतीका बाबजुत सरकारले आज प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको मन्त्रिपरिषद् बैठकमा सामेल कानूनमन्त्री यज्ञबहादुर थापाले जनाए ।


ADVERTISEMENT

# # #


को भए प्रमुख ?

प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा तोकिएका छन्।

त्यस्तै प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ तोकिएका छन्।

प्रदेश नम्बर ३ मा भने अनुराधा कोइराला प्रमुखमा तोकिएकी छन्।

साथै प्रदेश नम्बर ४ मा बाबुराम कुँवर तथा प्रदेश नम्बर ५ मा उमाकान्त झा प्रमुखमा तोकिएका छन्।

प्रदेश नम्बर ६ मा दुर्गा खनाल र ७ मा मोहनराज मल्ल प्रमुखमा तोकिएका छन्