काठमाडौं – नेपाल प्रहरीले विभिन्न कार्यक्रम आयोजना गरी कुकुर तिहार मनाएको छ ।

महाराजगञ्जस्थित केनाइन कार्यालयमा विशेष कार्यक्रम आयोजना गर्दै प्रहरीले कुकुर तिहार मनाएको हो । कार्यक्रममा प्रहरीका तालिमप्राप्त कुकुरहरूले अपराध अनुसन्धान, खोज तथा उद्धार र सुरक्षासम्बन्धी विभिन्न कला कौशल प्रदर्शन गरेका थिए ।


ADVERTISEMENT

#


प्रदर्शनका क्रममा हराएका व्यक्तिको खोजी गर्ने, हत्या गरी फरार भएका अभियुक्तको पहिचान तथा खोजीमा सहयोग पुर्‍याउनेलगायतका विषयमा नमुना अभ्यास प्रस्तुत गरिएको थियो । त्यसैगरी, कुकुरहरूले दौड, बाधा पार गर्ने तथा विभिन्न संकेतका आधारमा काम गर्ने सीपसमेत प्रदर्शन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओम रानाले प्रहरीका तालिमप्राप्त कुकुरहरूले अपराध अनुसन्धान, खोज तथा उद्धार र सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुर्‍याउँदै आएको बताउनुभयो ।


ADVERTISEMENT

#
#


नेपाल प्रहरीले वि.सं. २०२६ सालदेखि अपराध अनुसन्धान तथा खोज र उद्धारका क्षेत्रमा कुकुरको प्रयोग गर्दै आएको छ ।