काठमाडौं – भोटेकोशी बाढीमा खोज तथा उद्धार कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेपाल प्रहरीको तालिमप्राप्त कुकुर ‘लियो’ सर्वोत्कृष्ट घोषित भएको छ ।

नेपालभरका प्रहरी केनाइनमध्ये उत्कृष्ट प्रदर्शन गरेको भन्दै कुकुर तिहारको अवसरमा लियोलाई सम्मान गरिएको हो । महाराजगञ्जस्थित नेपाल प्रहरी केनाइन कार्यालयमा आयोजित विशेष कार्यक्रममा अपराध अनुसन्धान विभागका डीआईजी ओम रानाले लियोलाई मेडल प्रदान गरेका हुन् ।


ADVERTISEMENT

#


गत भदौ १० गते आएको भोटेकोशी बाढीपछि लियो करिब एक महिनासम्म निरन्तर खोज तथा उद्धार कार्यमा खटिएको थियो । सो क्रममा लियोले बाढीमा बेपत्ता भएका केही व्यक्तिको शव तथा शरीरका अंगहरू फेला पार्न महत्वपूर्ण सहयोग गरेको थियो ।

ल्याब्राडोर जातको लियोले २०७८ सालदेखि नेपाल प्रहरीको खोज तथा उद्धार कार्यमा सहयोग गर्दै आएको छ । विपद्का बेला कठिन परिस्थितिमा समेत परिचालित भएर खोज तथा उद्धारमा योगदान पुर्‍याएको लियोलाई कुकुर तिहारको अवसरमा विशेष सम्मान गरिएको हो ।


ADVERTISEMENT

#
#