काठमाडाैँ – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा आइतबार काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।
गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन् ।
‘अब जे जति तन्काएपनि मगाउनुपर्ने विवरण र कागजात केही पनि बाँकी छैन,’ जिल्ला अदालत स्रोतले भन्यो, ‘सम्भवतः अबको सुनुवाइले निरन्तरता पाएर मुद्दालाई टुंगोमा पुर्याउला ।’