काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशीताको विषयमा नेपाल निकै अगाडि रहेको बताएका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै देउवाले भारतमा भर्खरै मात्र महिला सहभागिता सुनिश्चित गरेको अवस्थामा नेपालले यसअघि नै समावेशीसहितको संविधान जारी गरिसकेको बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले राष्ट्रिय सहमति कायम गर्न सके सवै जातजातीका लागि समावेशी सहभागिता बढाउन सकिने जिकिर गरे । देउवाले नेपालमा जात भन्दा पनि व्यक्तिलाई हेरेर भोट दिने गरेको भन्दै निर्वाचनमा योग्य भएर राज्यको विभिन्न निकायमा सहभागीता जनाउन सकिने उल्लेख गरे ।

त्यस्तै उनले नेपालमा मुस्लिम समूलायले सदियौदेखि राष्ट्रहितमा काम गरेकाले मुस्लिम संघले पनि मुलुकको हितमा काम गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल मुस्लिम संघले सभापति देउवालाई अभिनन्दन गरेको थियो ।