काठमाडौं-नियमित स्वास्थ्य परीक्षणको सिलसिलामा गत पुस २६ गते थाइल्यान्डको राजधानी बैंकक गएका एमाले अध्यक्ष केपी ओली स्वास्थ्य परीक्षण सकेर आठ दिनपछि स्वदेश फर्किन लागेका छन् ।


ADVERTISEMENT


अध्यक्ष ओली बिहीबार (आज) स्वदेश फर्कंदै छन् ।


ADVERTISEMENT

# # #


ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार उनी थाई एअरवेजको विमानबाट अपराह्न साढे १२ बजे काठमाडौं आइपुग्नेछन् ।

बैंककको बुमरुङगार्ड अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणपछि चिकित्सकले ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको प्रतिवेदन दिएको अधिकारीले बताए ।

थाइल्यान्ड प्रस्थान गर्नुअघि २ माघमै स्वदेश फर्कने बताए पनि ओली दुई दिन ढिलो गरी स्वदेश फर्किन लागेका हुन् ।-आजको नयाँ पत्रिकाबाट