काठमाडौं-युवासंघ नेपालले तरार्इमा चलिरहेको शितलहरबाट प्रभावितहरुको लागि राहत संकलन गरेको छ । शुक्रबार सिरहाका विभिन्न बस्तीहरुमा रहेको जाडो प्रभावितलाई संकलित राहात सामाग्री र न्यानो कपडा वितरण गर्न लागिएको युवासंग प्राकृतिक प्रकोप विभागका सचिव स्वतन्त्र पण्डितले बताएका छन् ।


ADVERTISEMENT


 

उनका अनुसार बुधबार मात्रै कलंकी मा रहेको ‘टी एम मार्केट’ लगायत अन्य ठाँउबाट करिव पाँच लाख बराबरको नयानो कपडा संकलन गरिएको पण्डितले जानकारी दिएका छन् । जसमा ज्याकेट, ब्ल्याङ्केट, सुईटर,टोपी, पंञ्जा,मोजा, गलबन्दी लगायतका न्यानोको कपडा रहेको छ । युवासंघले राजधानीमा विभिन्न ठाँउमा न्यानो कपडा संकलन गरिरहेको उनले बताए ।


ADVERTISEMENT

# # #


सिरहाको कल्याणपुरमा जाने निर्णय

यसैविच हिजो विभागका अध्यक्ष रमेश आचार्यको अध्यक्षतामा बसेको बैठकले मातहतको कमिटीलाई आवश्यक सहयोग गर्न निर्देशन दिएको स्रोतले जानकारी गराएको छ । स्रोतका अनुसार प्रभावित स्थलको सुक्ष्म अध्ययन गरेर बास्तविक पिडितलाई न्यानो कपडा तथा राहतको अन्य सामाग्री वितरण गर्ने निर्णय भएको बताईएको छ । ३०० घर परिवारका प्रत्येक परिवारलाई दुई वटा कम्बल, एक वटा ज्याकेट, एउटा टोपी, एकवटा गलबन्दी, एक सेट पञ्जा वितरण गरिने छ ।

आजको बैठकले सिरहाको कल्याणपुर नगरपालिका स्थित मुसहर र डोम बस्तीमा वितरण गर्ने, वितरण व्यवस्थापन विभागले गर्ने, दुई नम्बर प्रदेश संगठन कमिटीले आयोजना गर्ने र समन्वय युवासंघ जिल्ला समिती सिरहालाई जिम्मा दिने निर्णय गरेको छ । वितरण कार्यक्रममा केन्द्रिय समितीका अध्यक्ष राजिव पहारीसहित संगठनका पदाधिकारीको उपस्थिती रहने विभागका अध्यक्ष तथा युवासंघका सचिवालय सदस्य रमेश आचार्यले बताएका छन् ।