काठमाडाैँ – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माद्वारा भारतका सेनाध्यक्ष जेनरल बिच कुराकानी भएकाे छ । १३ औँ इन्डो प्यासिफिक सम्मेलनमा सहभागिता जनाउँन गत ७ असाेजमा पुगेका शर्माले भारतीय सेनाका सेनाध्यक्ष जेनरल मनाेज पाण्डेसँग छलफल भएकाे जनाइएकाे छ ।
भारतीय सेनाकाे आधिकारीक टुइटरमा नेपाल लगायत देशका प्रतिनिधिसँग छलफल गरेकाे बताइएकाे छ । भारतमा भइरहेकाे साे सम्मेलनमा नेपाली सेनाको सहभागिताका साथै अन्य देशकाे समेत सहभागिता रहेकाे थियाे ।
१३ औँ इन्डो प्यासिफिक सम्मेलनमा नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, जापान, मलेसिया, भुटान, ब्रुनाइ कम्बोडिया, कोरिया, मालदिभ्स, मंगोलिया, म्यानमार र न्युजिल्याण्ड सहभागी भएका छन् ।
प्रधानसेनापति प्रभुराम शर्मा सो सम्मेलनमा सहभागी थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका जानुअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको दिल्ली भ्रमणलाई स्वीकृत गरेको थियो ।
भारतमा यही असोज ८ देखि १० गतेसम्म १३ औँ इन्डो प्यासिफिक सम्मेलन भइरहेकाे छ ।