बाग्मती– नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि शुक्रबार मतदान हुँदैछ। अध्यक्षका लागि दुई जना उम्मेदवार मैदानमा उत्रिएका छन्। अध्यक्षको लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुदैँछ ।


ADVERTISEMENT


अध्यक्षका लागि निवर्तमान अध्यक्ष केशव पाण्डे, बागमती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ, केन्द्रीय सदस्य दाहाल र ढुंगेलले उम्मेदवारी दिएका थिए। त्यस्तै रामेछापका केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी दिएका थिए।


ADVERTISEMENT

# # #


सानु श्रेष्ठ, केशव पाण्डे र केशरबहादुर बुडाथोकीले बिहीबार उम्मेदवारी फिर्ता लिएका हुन्। पाण्डेले ढुंगेललाई र श्रेष्ठ र बुढाथोकीले दाहाललाई समर्थन गर्दै फिर्ता लिएको बताइएको छ।

उपाध्यक्षमा भने ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाले उम्मेदवारी दिएका छन्। सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डित उम्मेदवार छन् ।

यस्तो छ उम्मेदवारहरुको सूची