काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले भोलि आइतबार (१४ असोज) प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयक २०८० पेस गर्ने भएका छन् ।


ADVERTISEMENT


दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा शिक्षामन्त्री राईले उक्त विधेयक पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निणयार्थ प्रस्तुत गरिने पनि महासचिव गौतमले जनाए ।