काठमाडौँ – नेपालको पहिलो केबलकार मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । यहि असोज १७ गते बुधबार र १८ गते बिहिबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।


ADVERTISEMENT


कम्पनीले नियमित मर्मत सम्भार गर्नका लागि दुईका दिन केबलकार सेवा बन्द गर्न लागेको हो । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्‍टुरेण्ट भने नियमित सञ्चालन रहने छ ।


ADVERTISEMENT

# # #


केबलकारको नियमित सेवा २०८० असोज १९ गते शुक्रबार देखि पुनःसञ्चालनमा आउने जनाइएको छ ।