काठमाडौँ – जिल्ला अदालत काठमाडौँले विश्वासघातको मुद्दामा पक्राउ परेका अभिनेता अनमोल केसीलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न सहमति दिएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कृष्ण प्रसाद सुवेदीले अनमोललाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।
अनमोललाई शुक्रबार प्रहरीले भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो । अदालतले पक्राउ परेको दिनबाट आइतबारसम्मका लागि मात्रै थुनामा राख्न सहमति दिएको हो । म्याद थप गराउनुपर्ने भए प्रहरीले अनमोललाई भोलि पुनः अदालतमा उपस्थित गराउनुपर्ने छ ।
चलचित्र ‘रावायण’ मा खेल्नका लागि रु १० लाख लिएको तर सम्झौता गर्न पनि नमानेको र सुटिङमा पनि नआएको भन्दै उनीविरुद्ध चलचित्र निमाूण पक्षले उजुरी दिएको छ ।