काठमाडौँ – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्दनले मुख्य पार्टीहरुको विदेशसम्बन्ध सत्ता केन्द्रीत रहेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


राप्रपा अन्तराष्ट्रिय सम्बन्ध विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको नेपालको परराष्ट्र नीति : विगत, वर्तमान र भविष्य विषयक विचार गोष्ठिमा लिङ्दनले सत्ताका लागि जे पनि सम्झौता गर्ने र विदेशीहरुको साथ समर्थन नभए सत्तामा पुग्न नसक्ने भन्दै मुख्य पार्टीहरुको विदेशसम्बन्ध राख्ने गरेको बताए ।


ADVERTISEMENT

# # #


उनले नेपालको भूराजनीतिक अवस्था अहिले सामान्य अवस्थामा नरहेको उल्लेख गरे । उनले सत्तापक्षीय कमजोरीका कारण प्रतिष्पर्धाको शिकार नेपाल बन्न सक्ने खतरा रहेको औल्याए । नेपालले विश्वसमूदायसंगको सम्बन्धमा बारेमा ठोस अवधारणा बनाउन जरुरी रहेको उनको भनाइ छ । लिङ्देनले पार्टीको नभई देशको परराष्ट्र निति हुनुपर्ने बताए ।

उनले एकदेशसंगको सम्बन्धले अर्को देशलाई असर नपर्ने ढंगले अघि बढ्नुपर्ने बताए ।