मकवानपुर— मकवानपुरको थाहा नगरपालिका—१ कुन्छालमा शनिबार बिहानै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


दुर्घटनामा परी मृत्यु हुनेमा नुवाकोटको बेलकोट नगरपालिका—५ बस्ने ४२ वर्षीय दीप श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीको भनाइ छ ।


ADVERTISEMENT

# # #


भण्डारीको भनाइमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ३९८७ नम्बरको कन्टेनर त्रिभुवन राजपथ सडक खण्डअन्तर्गतको उक्त स्थानमा अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसी दुर्घटना हुँदा श्रेष्ठको दुर्घटनास्थलमै मृत्यु भएको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।