काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपालीहरूको मताधिकारका लागि पहल अघि बढाएको बताएका छन्।


ADVERTISEMENT


पश्चिम चितवनको शारदानगरमा आइतबार तीनवटा खानेपानी आयोजनाको एकैसाथ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले गैरआवासीय नेपालीहरूको नागरिकताको समस्या समाधान गर्न सरकार लागिपरेको बताए।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीले भने, ‘देशबाहिर रहनुहुने नेपालीको हितमा सामाजिक सुरक्षा कोषको मात्रै होइन, नागरिकता र मताधिकारसम्बन्धी समस्या समाधानका लागि सरकारले पहल अगाडि बढाएको छ।’

प्रधानमन्त्री दाहालले सरकार सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा प्रतिबद्ध रहेको उल्लेख गरे। ‘अहिले धेरै क्षेत्रमा सुधार देखिएको छ। तराईमा मिटरब्याजीको समस्या समाधान गर्नका निम्ति सरकारले लिएको पहल सार्थक भएको छ। त्यसबाहेक सुशासन र आर्थिक समृद्धिका क्षेत्रमा पनि काम भएका छन्,’ उनले भने ।

वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरी उनीहरूको भविष्य सुन्दर बनाउन सरकारले पहल गरेको प्रधानमन्त्रीको भनाइ छ। उनले थपे, ‘अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रयास सामाजिक न्यायको काम हो। यसैबाट सरकारले समाजवादको आधार तयार गर्ने काम सुरु गरेको छ।’

वर्तमान गठबन्धन सरकार सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रिय स्वाधिनतालाई अझै बलियो बनाउने पक्षमा लागिरहेको उनले जनाए ।