काठमाडौँ — संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले बुधबार विश्वासको मत लिने भएका छन् ।


ADVERTISEMENT


अहिलेसम्मको राजनीतिक परिस्थिति र दलहरूको प्रतिक्रियाको आधारमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने प्रस्ट देखिन्छ । उनलाई नेकपा एमालेसँगै माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतले पनि विश्वासको मत दिने बताइसकेका छन् । कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ सांसद र कांग्रेसका विद्रोही ८ सांसदले समर्थन गरेका थिए ।


ADVERTISEMENT

# # #


संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई दबाबमा राख्नका लागि गठबन्धनका दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि विश्वासको मत दिन लागेका हुन् ।