काठमाडौँ– छिमेकी मुलुक भारतले इजरायलबाट १८ नेपालीको उद्वार गरेको छ ।


ADVERTISEMENT


हाल युद्वग्रस्त इजरायलबाट भारतले आफ्ना नागरिकको उद्धारका लागि पठाएको विमानबाट आफ्नै पहलमा १८ नेपालीको उद्वार गरेको हो । उद्धार गरिएका उनीहरू मंगलबार मध्यराति दिल्ली आइपुगेको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


गएराति ११ बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उनीहरूलाई गड्डाचौकी नाका हुँदै महेन्द्रनगर ल्याइने बताइएको छ ।

यस सहकार्यका लागि भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले भारत सरकारलाई धन्यवाद समेत दिएका छन् ।