काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज तीन घन्टा वार्ता भएको छ।


ADVERTISEMENT


ओली निवास बालकोटमा दिउँसो १ बजेदेखि ४ बजेसम्म दुई नेताहरुबीच वार्ता भएको दाहालका प्रेस संयोजक मनहरि तिमिल्सेनाले जानकारी दिए।


ADVERTISEMENT

# # #


दुई नेताहरुले शनिबार थप छलफल गरेर आइतबार एकता संयोजन समितिको बैठक बस्ने निर्णय गरेका छन्।

स्वास्थ्य परीक्षणका लागि हप्ता दिनसम्म थाइल्यान्ड बसेका ओली बिहीबार स्वदेश फर्किएका थिए।

यसअघि दुई नेताहरुको अघिल्लो बुधबार भेटवार्ता भएको थियो।