काठमाडौँ – काठमाडौँमा आजदेखि सुरु भएको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा युएईले नेपाललाई रनको चुनौती दिएको छ । बुधबार काठमाडौँको मुलपानीस्थित मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको हो ।
खराब सुरुवात गरेको युएईका लागि सम्मानजनक स्कोरतर्फ पुर्याउने क्रममा बासिल हमिदले अर्धशतकीय पारी खेले । उनले ३७ बलमा १ चौका र ४ छक्काको मदतमा ५१ रन बनाए । यस्तै अलि नसीरले ३० बलमा ३ चौका र १ छक्काको मदतमा ३२ रन जोडे । कप्तान मोहम्मद वासिमले १७ तथा आशिफ खानले १५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।
नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । त्यसक्रममा उनले ४ ओभरमा १८ रन मात्रै दिए । यस्तै गुल्शन झाले ३ ओभरमा ११ रन दिएर २ विकेट लिए भने अविनाश बोहरा र सोमपाल कामीका नाममा १–१ विकेट रह्यो ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ । त्रिकोणात्मक सिरिजमा नेपाल, युएई र हङकङले प्रतिस्पर्धा गर्नेछन् । यो सिरिजलाई कार्तिक १३ देखि काठमाडौँमा सुरु हुने आईसीसी टी–२० विश्वकप छनोट एशिया क्षेत्र छनोट प्रतियोगिताका लागि तयारीका रुपमा हेरिएको छ ।