काठमाडौँ – मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनलमा नेपाल र जापानबीचको खेल वर्षाका कारण रोकिएको छ ।


ADVERTISEMENT


मलेसियाको वायुमास ओभल मैदानमा लामो समय  भएपछि अवरुद्ध भए खेल ओभर घटाएर पुनः खेल सुरु गरिएको हो । जस अनुसार जापानले १८७ रनको चुनौती पाएको छ । जापानले उक्त स्कोर २२ ओभरमा भेट्टाउनुपर्ने छ ।


ADVERTISEMENT

# # #


यसअघि खेल २५ ओभर हुँदा वर्षाका कारण खेल राकिएको थियो । नेपालले दुई विकेट गुमाएर एक सय ४० रनको योगफल बनाएको थियो । नेपालका लागि दीपक बोहोराले ७९ रन जोडे । उनले ७० बलमा १० चौका र दुई छक्काको मद्दतमा ७९ रन बनाए ।

त्यस्तै दीपक र आकाश त्रिपाठीले दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । अर्जुन कुमाल १० रनमा आउट भए । क्रिजमा आकाश त्रिपाठी र कप्तान देव खनाल रहँदा पानी परेपछि खेल रोकिएको थियो । आकाशले ३५ रन बनाए भने देवले ८ रन जोडे ।

यस खेलको विजेता यही कात्तिक ७ गते हुने फाइनल खेलका लागि छनोट हुनेछ । प्रतियोगिताको शीर्ष तीन टोलीले पाकिस्तानमा हुने यु–१९ एसिया कप खेल्नेछन्