काठमाडौँ – मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा जापानलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ ।


ADVERTISEMENT


शनिबार भएको खेलमा जापानलाई १४४ रनले हराउँदै नेपाल फाइनलसँगै यू–१९ एशिया कपमा समेत छनोट भएको हो ।


ADVERTISEMENT

# # #


मलेसियाको वायुमास ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २५ ओभर खेल्दा पानी परेपछि खेल अवरुद्ध भएको थियो । लामो समय वर्षा भएपछि अवरुद्ध भएको खेल २२ ओभरमा पुनः खेल सुरु गरिएको थियो । जस अनुसार जापानले १८७ रनको चुनौती पाएको थियो ।

विशाल चुनौती पच्छ्याउँदै मैदान उत्रिको जापान ११.५ ओभरमा सबै विकेट गुमाउँदै ४३ रनमै समेटिएको हो । जापानका लागि शोतरो हिरात्सुकाले सर्वाधिक १५ रन बनाए भने काइफर यामामातो लाकेले १३ रन जोड्नुबाहेक अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

जापानलाई सस्तैमा समेट्नेक्रममा नेपालका दीपेश कँडेल र हेमन्त धामी समान ३–३ विकेट लिए । यस्तै सुवास भण्डारीले २ तथा आकाश चन्दका नाममा १ विकेट रह्यो ।

यसअघि खेल रोकिनु अघि नेपालले २५ ओभरको समाप्तीमा २ विकेट गुमाएर एक सय ४० रनको योगफल बनाएको थियो । नेपालका लागि दीपक बोहोराले ७९ रन जोडे । उनले ७० बलमा १० चौका र दुई छक्काको मद्दतमा ७९ रन बनाए ।

त्यस्तै दीपक र आकाश त्रिपाठीले दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । अर्जुन कुमाल १० रनमा आउट भए । क्रिजमा आकाश त्रिपाठी र कप्तान देव खनाल रहँदा पानी परेपछि खेल रोकिएको थियो । आकाशले ३५ रन बनाए भने देवले ८ रन जोडे । बलिङतर्फ जापानका काजुमा कातो स्टाफोर्ड र काइफर यामामातो लाकेले समान १–१ विकेट लिए ।

 यही कात्तिक ७ गते हुने फाइनल खेलमा नेपाल फाइनलमा नेपालले उपाधिका लागि युएईको सामना गर्नेछ ।  आजै भएको अर्को सेमिफाइनलमा युएईले सिंगापुरलाई १० विकेटले हराउँदै फाइनल पुगेको छ । फाइनल पुगेसँगै नेपाल र युएईले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू-१९ एशिया कपमा स्थान पक्का गरेका छन् ।

यस्तै सेमिफाइनलमा हारेका दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । विजेता टोली पनि यू–१९ एशिया कपमा पुग्नेछ ।