दैलेख— घाँटीमा मासु अडकिँदा दैलेखमा एक जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


घाँटीमा मासु अड्केर आइतबार नौमुले गाउँपालिका-६ माथिल्लो नाउलीका ४५ वर्षीय दलबहादुर विकको मृत्यु भएको वडा अध्यक्ष लालबहादुर चन्दले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘दलबहादुर दिर्घ रोगी थिए । दलबहादुरको मुटु र किड्नीमा समस्या थियो । डाक्टर मदिरा सेवन नगर्न सल्लाह दिए पनि उनले दसैँमा बारम्बार मदिरा सेवन गर्नाले घटना घट्न गएको हो ।’