• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




दसैँसँगै गाउँघरमा चहल पहल बढ्यो

Oct 23, 2023 |

दसैँसँगै गाउँघरमा चहल पहल बढ्यो

483
SHARES
ShareTweet

टीकापुर– टीकापुरकी चन्द्रादेवी शाहीका छोराबुहारी ६ वर्षपछि दसैँ मनाउन घर फर्किएका छन् । । भारतमा रहेका उनीहरु घर फर्केपछि चन्द्रादेवीको खुशीको सीमा छैन ।


ADVERTISEMENT


‘अहिलेसम्मकै रमाइलो दसैँ भएको छ । यस वर्ष म निकै खुशी छु’, उनले भनिन्, ‘बालबच्चा सहित भारतमा बस्ने छोरा घर फर्किएको छ । यस वर्ष परिवारसँग रमाइलोसँग मनाउन थालेका छौँ ।’ टीकापुर ब्लक नं. १६ का नवराज कुँवरलाई नवदूर्गाको पूजाआजा गर्न पाउँदा, सबै आफन्तसँग भेटघाट हुँदा रमइलो लाग्छ ।


ADVERTISEMENT

# # #


‘दसै विशेष लाग्छ, नवरात्रमा ब्रत बस्ने, पूजाआजा गर्ने, मन्दिर दर्शन गर्ने कार्य राम्रो लाग्छ’, उनले भने, ‘पारिवारिक जमघट र आर्शीवाद लिने र दिने कार्य निकै रमाइलो लाग्छ ।’ कैलालीकी राजकुमारी चौधरीलाई दसै विशेष लाग्छ । उनलाई दसैमा गरिने नाचगान, खानपान रमाइलो हुनुका साथै गाउँ नै उत्साहित भएजस्तो लाग्छ ।

‘थारु गाउँमा दशैँको अवसरमा एक महिनासम्म नाचगान हुन्छ, थारु समुदाय आपफ्नो पोशाक लगाएर संस्कृति झल्कने,मौलिक भाषामा गीत गाएर, मादलको तालमा गाउँमा नाचगान हुन्छ’, उनले भने, ‘त्यसैले दशैँ विशेष लाग्छ ।’ स्थानीय केशर उपाध्यायलाई पनि दसैँ विशेष लाग्छ ।

‘दसैँसँग हाम्रो संस्कृति, सभ्यता र परम्परा जोगिएको छ’, उनले भने, ‘वर्षभरि भेट नभएका आफन्त भेटिने भनेकै दशैँमा हो ।’ दसैँमा सबै परिवार जम्मा हुने, नयाँ लुगा लगाउने, मीठा परिकार खाने, नाचगान तथा रमाइलो गर्ने भएकाले दशैँ रमाइलो लाग्छ । लक्ष्य साउँदलाई पनि दशैँ आर्शिवाद दिने र लिने पर्व भएकाले महत्वपूर्ण लाग्छ । उनलाई हुने खानेले धुमधाम गर्ने नहुनेले अभाव झेल्ने कुरालाई राम्रो लाग्दैन । ठूला मानिस भन्दा बालबालिकालाई दसैँमा अझ रमाइलो लाग्छ । दसैँमा विद्यालय समेत विदा हुने, घुमघाम गर्न र मीठा परिकार खान पाइने भएकाले बालबालिका अझ रमाउँछन् । कक्षा ९ मा अध्ययनरत बालक योगेश साउँद दशैँमा नयाँ कपडा पाइने, विभिन्न ठाउँमा अभिभावकसँग घुम्न पाउँदा निकै रमाइलो लाग्छ ।

‘यस वर्ष पनि बाबा आमाले घुम्न लैजाने भन्नुभएको छ’, उनी भन्छिन्, ‘एक महिना विदा छ, यो समयमा अलिकति गृहकार्य ९पढाई०को तनाव हुन्छ । त्यसबाहेकको सबै समय रमाइलो लाग्छ ।’ दसैँ मनाउन नमिल्ने परिवारलाई भने दसैँले खासै उत्साह दिँदैन ।

अन्यले दसैँ मनाउँदा मनाउन नपाउने परिवारलाई भने नरमाइलो पनि हुन्छ । टीकापुरकी धनशोभा रावलको घरमा यस वर्ष दसैँ छैन तर पनि उनी गाउँघर झिलिमिली भएको देखेर रमाउएकि छन् । ‘हरेक पर्वको महत्व उत्तिकै हुन्छ । दसैँ अझ विशेष पर्वका रुपमा मनाइने भएकाले यो पर्वले एकता, मेलमिलापको सन्देश दिनुपर्छ’, उनले भनिन्, ‘सबैको दसैँ नहुन सक्ने भएकाले समाजमा पर्व मनाउँदा अर्काको मन दुखाउने, अन्यलाई असर पर्ने गरी कुनै क्रियाकलाप भने गर्नु हुँदैन ।’


#
#

#









#




#


#


Share:

Rate:

Previousजेठो सन्तान बाँचेन भनेर अर्को नजन्माउने कुरा हुँदैन, नयाँ जहाज किनेरै छोडछु : सुदन किराती
Nextपाल्पामा अर्को दुर्घटना, ५ जना घाइते

ताजा खबर

  • गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरु
  • सुन्धारामा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते
  • इ-रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला
  • पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’
  • निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved