काठमाडौँ – आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटको उपाधि ओमानले जितेको छ । आइतबार भएको फाइनल खेल घरेलू टोली नेपाललाई ४ विकेटले हराउँदै उपाधि कब्जा गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनायो । अन्तिम ओभरमा ओमानलाई जितका लागि ८ रन चाहिएको थियो । तर, सन्दीप लामिछानेले २ विकेट लिँदै ७ रन मात्रै दिएपछि स्कोर बराबरी भयो र खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा ओमानले २२ रनको चुनौती थियो । नेपालका लागि बलिङमा आएका अविनास बोहराले सुपर ओभरको पहिलो बलमा १ रन दिए । दोस्रो बलमा नासिम खुसीले उनलाई छक्का ठोके । यस्तै तेस्रो बल डट गरेको अविनासले चौथो बलमा अर्को छक्का खाए । त्यसछि एउटा वाइड दिए । पाचौँ बलमा नसिमले अविनासलाई तेस्रो छक्का ठोके । अन्तिम बलमा नासिमले १ रन लिएर कूल २१ रन बनाए ।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले रन १० रन मात्रै बनाउन सक्यो । त्यसक्रममा पहिलो बलमै कुशल भुर्तेल क्याच आउट भए । त्यसपछि ब्याटिङमा आएका कुशल मल्लले दोस्रो बल डट खेले भने तेस्रो बलमा १ रन लिए । चौथो बलमा गुल्शन झाले १ रन दिए । पाँचौँ बलमा कुशल मल्लले चौका हाने र अन्तिम बलमा पनि चौका हाने ।
खेल सुपर ओभरमा जानुअघि ब्याटिङतर्फ ओमानलाई जित दिलाउने क्रममा कश्यप प्रजापतिले सर्वाधिक ६३ रन बनाए । सोक्रममा उनले ५२ बलमा ३ चौका र ४ छक्काको प्रहार गरे । यस्तै अकिव इल्यासले १९ बलमा २ चौका र ३ छक्काको ठोक्दै ३३ रन बनाए भने कप्तान जिशन मक्सूदले १८ बलमा २ चौका र १ छक्का हान्दै २६ रन जोडे । यस्तै मोहम्मद नादिमले बलमा चौकाको मदतमा नटआउट रन बनाए भने आयान खान र मेहरान खानले समान १०–१० रन जोडे ।
बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए । यस्तै गुल्शन झा, सोमपाल कामी र विवेक यादवले समान १–१ विकेट लिए ।
यसअघि ब्याटिङतर्फ नेपाललाई उच्च स्कोरतर्फ डोर्याउने क्रममा गुल्शन झाले आक्रामक ब्याटिङ गरे । उनले २५ बलमा नै ५ चौका र ४ छक्का ठोक्दै ५४ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले ३७ बलमा ५ चौका र २ छक्काको मदतमा ५२ रनमा नटआउट रहे ।
यस्तै कुशल भुर्तेलले २२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३१ रन जोडे । यस्तै करण केसीले ६ बलमा १ चौका र २ छक्काको मदतमा नटआउट २० रन बन बनाए भने सन्दीप जोरा १० रनमा आउट भए । सुरुवाती १० ओभरमा ४ विकेट गुमाउँदा ६० रन मात्रै जोडेको नेपालले त्यसछिका १० ओभरमा २ विकेट गुमाएर १३४ रन जोडेको हो ।
बलिङतर्फ ओमानका बिलाल खानले ३ विकेट लिए भने अकिव इल्यासले २ विकेट हात पारे । यस्तै कप्तान जिशन मक्सूदले १ विकेट लिए ।
सेमिफाइनलमा नेपालले युएईलाई र ओमानले बहराइनलाई पराजित गर्दै दुवै टोली आगामी वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने टी–२० विश्वकपमा छनोट भइसकेका छन् ।