काठमाडौँ– ‘मिसेस् वर्ल्ड २०२२’ सरगम कौशल नेपाल आएकी छन् । उनी शनिवार साँझ ‘मिसेस् नेपाल वर्ल्ड २०२३’ को फाइनलमा अतिथिको रूपमा सरिक हुन काठमाडौँ आई पुगेकी हुन् ।


ADVERTISEMENT


उनलाई मिसेस् नेपाल वर्ल्ड आयोजक संस्था रिबन इन्टरटेनमेन्टका निशुकान्त झा र अफिसियल कोरियोग्राफर अश्विनीकान्त झासहित ‘मिसेस् नेपाल वर्ल्ड २०२२ की विजेता दीक्षा केसीले स्वागत गरेका थिए ।


ADVERTISEMENT

# # #


काठमाडौँ उत्रिएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यो आफ्नो पहिलो नेपाल भ्रमण भएको बताइन् । .नेपाल आएको यसै मौकामा उनले आफ्नो धर्मिकस्थल र पर्यटकीय क्षेत्रको समेत भ्रमण गर्ने योजना रहेको उनले सुनाइन् ।

‘मिसेस् वर्ल्ड’ विश्वभरमा विवाहित महिलाहरूको सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता हो । सन् १९८४ देखि सुरु भएको ‘मिसेस् नेपाल वर्ल्ड’ नेपालको प्रतियोगिता सन् २०१५ देखि रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आएको छ । प्रतियोगिताको फाइनल कार्तिक २२ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।

प्रतियोगिताको यो संस्करणमा आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीया थापा, मीना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना केसी, पविना श्रेष्ठ, सीता सुवेदी, सुष्मिता सिंह, निशा विष्ट, कृतिका पालिखे, कोमल लामा, रेखासिंह रायमाझी, निर्मला गुरुङ, उत्सुकता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेककुमारी घले, मङ्गली सिलवाल र सरु आरएल राणा सहभागी छन् । कौशलले सबै प्रतियोगीसँग अन्तर्क्रिया समेत गर्ने छिन् ।

विजेताले आगामी २०२४ को जनवरीमा अमेरिकाको लसभेगासमा हुने ‘मिसेस् वर्ल्ड’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् भने मिसेस् इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२४ मा सिंगापुरमा हुने मिसेस् इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउनेछन् ।