काठमाडौँ – युनिलिभर नेपाललेजाजरकोट र पश्चिम रुकुमका भूकम्प पिडितहरुलाई राहत प्रदान गरेको छ । मानवीय सहायताप्रति आफ्नो प्रतिबद्धताको एक हिस्सा स्वरुप युनिलिभर नेपालले प्रभावित क्षेत्रहरुमा अत्यावश्यकीय सहायता सामग्रीहरु उपलब्ध गराएको हो ।


ADVERTISEMENT


जसअनुसार युनिलिभर नेपालले हर्लिक्स, सुप, औषधी र औषधोपचार सामग्री, ७०० थान् ब्ल्याँकेटहरु, २५० थान पालहरु र स्थानीय रुपमा खरिद गरिएका थप खाद्यान्नहरु जाजरकोट र रुकुम जिल्लामा वितरण गरेको छ ।


ADVERTISEMENT

# # #


युनिलिभर नेपालले स्थानीय निकायहरु, संघसंस्थाहरु, संगठनहरु र समुदायहरुसंग समन्वय गरेर राहत सामग्री वितरणको कार्य प्रभावकारी ढंगले गरिरहेको जनाएको छ । युनिलिभर नेपाल संकटको समयमा राष्ट्रलाई आवश्यक सहयोग गर्न, विपदजन्य सहयोगमा योगदान पु¥याउन र समुदायहरुको पुनः निर्माणमा सहायता प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीको भनाई छ ।