काठमाडौँ – प्राइम कमर्सियल बैंक लिमिटेडले जाजरकोट भूकम्प पीडितका लागि २५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।


ADVERTISEMENT


आइतबार एक विज्ञप्ती जारी गर्दै बैँकले भूकम्प पीडितहरुको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने जनाएको छ ।


ADVERTISEMENT

# # #


साथै बैँकले भूकम्पबाट जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति दुःख समेत व्यक्त गरेको छ । साथै बैँकले उपचाररत सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

शुक्रबार राती जाजरकोट केन्द्रबिन्दू बनाएर गएको भूकम्पमा जाजरकोट र रुकुम पश्चिमका १६० जनाभन्दा बढीको निधन भएको थियो भने सयौँ घाइते भएका छन् ।