काठमाडौँ – आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरुका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।


ADVERTISEMENT


आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजित उत्तरदायित्व अन्तर्गत भूकम्प प्रभावित क्षेत्रमा उद्दार र राहत पुगोस् भन्ने हेतुले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमामा रकम प्रदान गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


साथै कम्पनीले पीडित परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दै समुदायलाई आवश्यकता अनुसार थप सहयोग गने बताएको छ । कम्पस्का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुयालले संस्थागत सामाजिक उत्तरदायित्व कार्य गरी सहयोग र हातेमालो गर्न कम्पनी अग्रसर रहने बताए ।