काठमाडौँ — जाजरकोट र रूकुम पश्चिममा ९१० वटा घर भूकम्पका कारण पूर्ण रूपमा क्षति पुगेको छ । शुक्रबार राति ११ः४७ जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पका कारण ९१० वटा घर पूर्ण रूपमा क्षति पुगेको नेपाल प्रहरीको प्रधान कार्यालयले जनाएको छ ।


ADVERTISEMENT


यस्तै २ हजार ८६१ घरहरूमा आंशिक रूपमा क्षति पुगेको छ । जाजरकोट, रूकुम पश्चिमसँगै कर्णाली प्रदेशका अन्य केही जिल्लाका केही घरहरूमा पनि आंशिक रूपमा क्षति पुगेको छ ।


ADVERTISEMENT

# # #


भूकम्पका कारण दुई जिल्लामा मात्रै १५७ जनाको मृत्यु भएको हो । आफन्तले उक्त शव बुझिसकेका छन् । जाजरकोटमा १०५ जना र रूकुम पश्चिममा २७ जनाको मृत्यु भएको थियो । अहिले पनि विपद् व्यवस्थापनको लागि प्रहरीमात्रै एक हजार ६४ जना खटिएका छन् ।

त्यसबाहेक सशस्त्र प्रहरी बल र नेपाली सेनाको पनि छुट्टाछुट्टै टोली खटिएर उद्धार तथा व्यवस्थापनको काम भइरहेको छ । भूकम्पमा परी साढे २ सय बढी मानिसहरू घाइते भएका छन् । १४६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज समेत भइसकेका छन् । अझै ११० जना उपचाररत छन् ।