काठमाडौँ — महोत्तरीबाट पाँचजना किशोरी बेपत्ता भएका छन् ।


ADVERTISEMENT


औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा सम्पर्कविहीन भएका हुन् ।


ADVERTISEMENT

# # #


गत मंगलबार दिउँसो साढे ११ बजेदेखि उनीहरु एकैसाथ घरबाट निस्केको तर फर्केर नआएको जानकारी आएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।

पाँचै जना किशोरी योजना बनाएरै निस्केको हुनसक्ने प्रहरीको अनुमान छ । तर उनीहरु कुन लोकेसनमा छन् भन्ने थाहा हुन नसकेको र खोजी जारी रहेको प्रहरीको भनाइ छ ।