काठमाडौँ – जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिका बलात्कारसम्बन्धी मुद्दामा दुवै पक्षका वकिलको बहस नोट माग गरेको छ ।


ADVERTISEMENT


बिहीबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सन्दीप पक्षका वकिल र पीडित भनिएकी किशोरीका तर्फबाट सरकारी वकिलको बहस नोट मगाएको हो । अदालतले कानुन व्यवसायीलाई एक महिनाभित्र बहस नोट पेश गर्न भनेको छ ।


ADVERTISEMENT

# # #


यो मुद्दाको अर्को पेशी मंसिर २४ मा तोकिएको छ। सर्वोच्चले गत फागुनमा नै चाँडो फैसला गर्न आदेश दिए पनि जिल्ला अदालत काठमाडौंले अहिलेसम्म फैसला सुनाउन सकेको छैन ।

आफूलाई जबरजस्ती करणी गरेको भन्दै एक किशोरीले सन्दीपविरुद्ध २०७९ भदौ २१ गते गौशालामा उजुरी दिएकी थिइन् । उनले सन्दीपले आफूलाई भदौ ७ गते गौशालाको एक होटेलमा लगेर जबरजस्ती करणी गरेको दाबी गरेकी थिइन् ।

आरोपपछि पक्राउ परेका सन्दीपलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले धरौटीमा रिहा गरेको थियो । साथै सर्वोच्च अदालतले क्रिकेट खेल्नका लागि विदेश समेत जाने अनुमति दिएको थियो ।