काठमाडौं – माओवादी केन्द्र र एमालेले राष्ट्रियसभा सदस्य उमेदवारको नामावली टुङ्याउन पार्टीको छुट्टा-छुट्टै बैठक राख्ने बोलाएका छन् ।


ADVERTISEMENT


राष्ट्रियसभा सदस्यको नाम टुङ्याउन एमालेले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा अपरान्ह ३ बजे स्थायी समितिको बैठक राखेको छ भने माओवादी केन्द्रले पार्टी कार्यालय पेरिस डाँडामा हेडक्वाटरको बैठक बोलाएको छ ।


ADVERTISEMENT

# # #


गत २ गते एमाले र संयुक्त कार्यदलले राष्ट्रियसभा निर्वाचनको लागि एमालेलाई २९ र माओवादी केन्द्रलाई १४ सिट बाँडफाँड गरेको थियो । कार्यदले गरेको सिट बाँडफाँडलाई आइतबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले अनुमोदन गरेको थियो ।

नेताहरुका अनुसार दुवै बैठकमा पार्टी एकताको लागि सिद्धान्तको विषयमा पनि आन्तरिक छलफल हुने बताइएको छ ।ब