काठमाडौँ – केही महिना अघि सिंहदरबारमा आगो लगाउँने चेतावनीका बेला चिसिएको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको सम्बन्ध न्यानो बनाउने प्रयास मेयर पत्नी सबिनाले गरेकी छन् ।
शनिवार उपप्रधानमन्त्री श्रेष्ठलाई मेयर निवास लाजिम्पाटमा बोलाएर दिवाभोजपछि सबिनाले तस्विर सार्वजनिक गर्दै गृहमन्त्रीलाई लञ्चमा बोलाउन पाउँदा खुसी लागेको बताएकी छन् ।
स्वकीय सचिव सुशसन कर्माचार्यासहित मेयरको सरकारी निवासमा पुगेका श्रेष्ठलाई मेयर शाह दम्पत्तिले स्वागत गरेका थिए । पत्नी सबिना प्रसुति व्यथाले अस्पताल लैजाने क्रममा ट्राफिक प्रहरीले गाडी रोकेर चेकजाँच गरेको विरोधमा मेयरले सिंहदरवारमा आगो लगाउने चेतावनी दिएका थिए ।
तिहार शुरु भएका दिन श्रेष्ठलाई मेयर निवासमा शुभकामनाका लागि निमन्त्रणा गरिएको बालेनको सचिवालयले जनाएको छ ।