नेपाल तरुण दलका महामन्त्री एवम् नेपाली कांग्रेसका युबा नेता भूपेन्द्र जङ्ग शाही पछिल्लो समय निकैनै सम्भावना बोकेका युबा राजनीति कर्मीमा पर्दछन। नेपाली कांग्रेस जस्तो पुरानो पार्टीमा सानै उमेरमा साम्सदको दुइ दुइ पटक टिकट पाउने भाग्यमानी युबा मानिन्छन । अर्को तर्फ दुबै पटक पराजित हुदा साम्सद र मन्त्री बन्ने अबसर गुमाएका अभागी ब्यक्तिमा पनि उनी पर्छन।


ADVERTISEMENT


नेपालको दुर्गम मानिएको कालिकोटबाट आएर राष्ट्रिय राजनीतिमा आफ्नो स्थान बनाइरहेका शाहीले कसरी राजनीति सुरु गरे ? कहाँ बाट प्रारम्भ गरे र अहिलेसम्म के के काम गरे ? उनै शाहिको राजनीतिक जीवन यात्रा………


ADVERTISEMENT

# # #


नेपाल विद्यार्थी संघको स्कुल इकाई समितिबाट राजनीतिक यात्रा प्रारम्भ गर्दा भुपेन्द्रजङ्ग शाही श्री पन्चदेब उमाबी मान्म कालिकोट कक्षा ६ मा अध्ययन गर्थे। मावि तहमा अध्ययन गर्दा–गर्दै उनी स्कुल इकाई सदस्य, उपाध्यक्ष र अध्यक्षहुदै जिल्ला सदस्य भए। २०५४ सालमा नेवि संघका जिल्ला सचिव भएका शाही उपाध्यक्ष हुँदै जिल्ला अध्यक्ष भए। नेपाल कमर्स क्याम्पसमा अध्ययन शुरु गरेपछि शाहीलाई थप जिम्मेवारी आयो। क्याम्पसमा उनी स्ववियु सदस्यमा निर्वाचित भए। नेबिसघ कालिकोट–काठमाडौं सम्पर्क समितिका अध्यक्ष भएर सामाजिक जीवनमा प्रवेश गरेका शाही कर्णाली कै साझा मंचको रुपमा रहेको कर्णाली विद्यार्थी हित समितिका सभापति पनि भए।

तीन कार्यकाल नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएर काम गरेपछि उनी २०६४ सालमा नेबिसघको केन्द्रीय उपाध्यक्ष भए। विद्यार्थी राजनीति बाट निकै चर्चामा आएका शाही नेबिसघको केन्द्रिय अध्यक्ष बन्ने निकै सम्भावना थियो तर उनको समयमा महाधिवेशन नै हुन सकेन तर शाही विद्यार्थी नेता हुदा नै पार्टी बाट २०७० को संविधानसभामा कालिकोट बाट उम्मेदवार बन्ने मौका पाए । जति बेलाका अध्यक्ष प्रदीप पौडेलले समेत टिकट पाएका थिएनन।

निर्वाचनमा पराजित भयपछी युबा नेता शाहिले हार खाएनन उन्ले निर्वाचनमा जनताको बीचमा बोलेको बाचा पूरा गर्न हारे पनि जित्ने भन्दा दुई वटा काम बढी गरेर देखाउन जिल्लाको बिकासमा सक्रिय भएर लागे। शाहिकै नेत्तृत्वमा कालिकोटको बिकास, समृद्धि र समुन्नतिको लागि सुन्दर कालिकोट समृद्ध कालिकोट अभियान पनि सुरु भयो।

युबाहरुको बीचमा निकैनै लोकप्रिय बनेका युबा नेता शाही २०७३ सालदेखि नेपाली कांग्रेसको मेरुदण्ड मानिएको युबाहरुको संगठन नेपाल तरुण दलको केन्द्रीय महामन्त्री भएर युवा राजनीतिमा सक्रिय रहेका छन्।

नेपाली कांग्रेस कालिकोट काठमाडौं सम्पर्क समितिको सभापति समेत रहिसकेका शाही दुई कार्यकालदेखि नेपाली कांग्रेसको महासमिति सदस्यको समेत जिम्मेवारीमा रहेका छन्।

विकासप्रेमी युवा नेता २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कालिकोटका सभासद्को प्रत्यक्ष उम्मेदवार बनेका शाही संगठनप्रतिको निष्ठा र सक्रियताकै कारण चुनाव लड्ने जिम्मेवारी पाएका हुन्।

शाही नेपाली कांग्रेसमा सानै उमेरमा सभासद्को प्रत्यक्षतर्फको टिकट प्राप्त गर्ने भाग्यमानी युवा नेता मानिन्छन्। तर, पार्टीभित्रकै अन्तरकलहका कारण उनी विजयी भने हुन सकेका थिएनन। यसैगरी यो पटकको निर्वाचनमा पनि नेपाली कांग्रेसले शाहीलाई नै प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनाएको थियो तर दुर्भाग्य यो पटक बाम गठबन्धन उनलाइ बाधक बन्यो। उनि पराजित भय पनि २०७० मा साढे आठ हजार मत प्राप्त गरेका थिय भने अहिले दोब्बर मत साढे सोह्र हजार मत प्राप्त गरेका छन्, यस बाट कालिकोट मा उनको लोकप्रियता बढेर गएको सजिलै बताउन सकिन्छ।

अर्को पटक उनको जित सुनिस्चित बनेको सबैले अनुमान गर्न थालेका छन। युबा नेता शाही राजनीतिमा मात्र नभएर लेखनमा पनि उत्तिकै सक्रिय छन। उनले तराजुमा माया र लासहरु वस्ती गजल संग्रह प्रकाशित गरेका छन्। ‘बन्दीगृह’ उपन्यास, नेवि संघ विगत र वर्तमान तथा नेपाली कांग्रेस प्रशिक्षण पुस्तिका प्रकाशित छन्। ‘सुन्दर कालिकोट, समृद्ध कालिकोट’को लेखन तथा सम्पादन गरेका शाहीले ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेस’ वृत्तचित्रको लेखन तथा निर्देशन गरेका छन।

बेलाबेलामा राष्ट्रिय दैनिकहरुमा उनका लेखहरु पनि प्रकाशित भैरहेका छन। थुप्रै गीत हरुको पनि रचना गरेका शाहीले कांग्रेसको इतिहास समेटिएको गीत तथा नेबिसघ नेबिसघ हाम्रो नेबिसघ भन्ने चर्चित गीत पनि शाहीले नै निर्माण गरेका हुन।

यसका साथसाथै सामाजिक सेवामा पनि निकै काम गरेका छन उनले । कमलो हृदय भयका शाहिले निशुल्क छात्रवृत्ति, स्वास्थ्य सिबिर लगायतका सामाजिक कार्यहरु पनि थुप्रै गरेका छन। उदार दिलका शाहीले कालिकोटका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गर्नका लागि एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्। शाहीले कालिकोटका एक जना विद्यार्थीलाई निःशुल्क एमबीबीएस अध्ययनको प्रबन्ध गरेका छन्। त्यसैगरी, पत्रकार महासंघसँगको सहकार्यमा वर्षेनी एक जना पत्रकारलाई लेखनवृत्तिबापत पुरस्कृत गर्ने उनको योजना अनुसार एक लाखको अक्षयकोष स्थापना गर्न शाहीले ५० हजार रुपैयाँ प्रदान गरेका छन्।

डा. ललितजङ्ग शाहीसँगको सहकार्यमा इटालीबाट चिकित्सकको टोली बोलाएर कालिकोटमा स्वास्थ्य शिविरको आयोजना गरेका शाही जिल्लामा निरन्तर सामाजिक कार्य र विकासका काममा सधै सक्रिय हुने नेता हुन्। प्रतिगमन बिरोधि आन्दोलनमा पटक पटक जेल पर्नुका साथै घाइते भएका शाही संकटकालमा एक महिना माओवादीको अपहरणमा पर्दा माओवादीले ज्युदै खाल्डो खनेर गाड्न खोजेका थिए ।

विभिन्न दुख संघर्ष र मिहिनेत गर्दै राष्ट्रिय राजनीतिमा सक्रिय भयका तरुण महामन्त्री शाही भोलिको दिनमा नेपाली कांग्रेस भित्र उज्ज्वल भबिस्य भएको इमानदार र बैचारिक नेता मानिन्छन।