काठमाडौँ – चार देश सम्मिलित महिला टि-२० सिरिजअन्तर्गत नेपालले अहिले तेस्रो स्थानका लागि जापानसित खेल्दै छ । हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । यसअघि समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो ।
समूह चरणको पहिलो र दोस्रो खेलमा भने नेपाल पराजित भएको थियो । नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले तथा दोस्रो खेलमा बिहीबार हङकङसित नौ विकेटले पराजित भएको थियो । जापान समूह चरणका तीनवटै खेलमा पराजित भएको थियो ।