काठमाडौं– नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यका उमेदवार टुङ्गो लगाएको छ ।


ADVERTISEMENT


मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’सहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ’बादल’ले राष्ट्रियसभा सदस्यको लागि उमेदवार टुङ्गो लगाएका हुन् ।


ADVERTISEMENT

# # #


सोमबार पार्टी कार्यलय पेरिस डाँडामा बसेको शीर्ष नेता र प्रदेश संयोजकहरुको बैठकले प्रमुख तीन नेतालाई उमेदवार टुङ्गो लगाउन जिम्मा दिएको थियो । राष्ट्रियसभा सदस्यको लागि गत ३ गते संयुक्त कार्यदलले एमालेलाई २९ र माओवादी केन्द्रलाई भागमा १४ सिट भागभण्डा गरेको थियो ।

माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभाका उमेदवार :

प्रदेश १ तर्फ

बीना पोखरेल महिला

प्रदेश २ तर्फ
शशिकला दाहाल (महिला)

एकजना टुंगो लगाउन बाँकी

प्रदेश ३ तर्फ
रामबहादुर थापा बादल (खुला)
गंगा पराजुली (महिला)

प्रदेश ४ तर्फ
दीनानाथ शर्मा (खुल्ला)
खीमकुमार बिक (दलित)

प्रदेश ५ तर्फ
राजकुमार कुँवर (अल्पसंख्यक अपांग)
चन्द्र बहादुर खड्का (खुला)

प्रदेश ६ तर्फ
जीवन बुढा (अपाङ्ग अल्पसंख्यक)
युटुल लामा (महिला)
कालीबहादुर मल्ल (खुल्ला)

प्रदेश ७ तर्फ
लालिराम लोहार (दलित)
हरिराम चौधरी (खुला)