काठमाडौँ – सर्वोच्च अदालतले मोबाइल भिडियोसम्बन्धी एप टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा अन्तिरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले रिट निवेदकको माग अनुसार सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउने आदेश दिन अस्वीकार गरेको हो ।


ADVERTISEMENT


यद्धपि सर्वोच्चले टिकटक बन्द गर्नुको कारण देखाउन सरकारलाई आदेश दिएको छ । जसका लासग सरकारले मंसिर १५ भित्र लिखित जवाफ पेस गर्न भनेको छ । इजलासले उक्त मुद्दाको पूर्ण सुनुवाइका लागि मंसिर १९ गतेलाई पेशी तोक्न पनि आदेश दिएको छ ।


ADVERTISEMENT

# # #


टिकटकले सामाजिक सद्भाव बिथोल्ने र पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खलबल पार्ने काम गरेको भन्दै सरकारले गत कात्तिक २७ मा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता देवप्रकाश त्रिपाठी, स्वागत नेपाल लगायतका व्यक्तिले करिब दई रिट निवेदन दायर गरेका थिए ।