काठमाडौँ– माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् ।
बिहीवार बसेको बैंकको ४९१ औ संचालक समितिको बैंठकले बैंकका निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोको राजीनामा स्वीकृत गर्दै केसीलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । उनले बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए ।
विगत ९ वर्षदेखि माछापुच्छ«े बैंकमा आबद्ध केसीले यसअघि वि.सं २०७४ सालमा नै बैंकको अध्यक्षको रुपमा जिम्मेवारी बहन गरिसकेका छन् । एक सफल युवा व्यवसायीको रुपमा संस्थापित भएका केसी हाइड्रो , कन्स्ट्रक्सन , बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध छन् ।