काठमाडौँ– अभिनेत्री श्वेता खड्काद्वारा निर्मित चलचित्र कान्छीको अफिसियल ट्रेलर सार्वजनिक भएको छ । अभिनेता श्रीकृष्ण श्रेष्ठको देहावशानपछि पहिलो पटक फिल्ममा आएकी नायिका श्जेताले कान्छीमा दयाहाङ राईसंग जोडी बाँधेकी छन् ।


ADVERTISEMENT


यस अघि नै चलचित्रको पहिलो गीत ‘चरी चट्ट परि’ र दोस्रो ‘यो जिउ दाउमा लाउने’ लोकप्रिय भइसकेका छन् ।


ADVERTISEMENT

# # #


स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठप्रति समर्पित चलचित्र ‘कान्छी’ लाई श्वेता खड्का र शैलेस खड्काले संयुक्त रुपमा निर्माण गरेका हुन् । आकाश अधिकारीले निर्देशन गरेको चलचित्र ‘कान्छी’का सह निर्माता रबिन खड्का हुन्, भने चलचित्रको द्वन्द निर्देशन हिमाल केसीले गरेका छन् ।

फिल्ममा श्वेता खड्कासंगै अहिलेका चर्चित अभिनेता दयाहाङ राई, अनु शाह, प्रज्जल सुजल गिरी, कामेश्वर चौरासिया, बिनोद न्यौपाने, भूमिका श्रेष्ठ, रमेश अधिकारी, जयनन्दा लामा, निर शाह, अशान्त शर्मा लगायतका नयाँ तथा पुराना चर्चित कलाकारहरुको अभिनय रहेको छ ।

राजनराज सिवाकोटीको संगीत रहेको फिल्मलाई चलचित्रलाई यम थापाले लेखेका हुन् भने पुर्षोतम प्रधानले छायाङ्कन गरेका छन् ।

चलचित्र ‘कान्छी’ फागुन ४ मा रिलिज हुँदैछ ।