काठमाडौँ– काठमाडौंको बल्खु चोकमा ढुंगामुढा भएको छ । युवा संघका कार्यकर्तादुर्गा प्रसाईंको जुलुस बिथोल्ने प्रयास गर्दे बल्खु प्रवेश गरेपछि दुई पक्षबीच ढुङ्गा हानाहान भएको हो ।


ADVERTISEMENT


दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ । त्यही बेला युवासंघको र्‍याली बल्खुमा पुगेको थियो । युवा संघले भने तीनकुनेमा प्रदर्शन गर्दैछ ।


ADVERTISEMENT

# # #


यता एमाले समर्थकहरुले भने आफुहरुको मोटरसाइकल र्‍याालीमा अर्को समूहले ढुङ्गामुडा गरेको आरोप लगाएका छन् । आफुहरुमाथि ढुङ्गामुढा हुँदा पनि प्रहरी प्रशासन मौन बसेको उनीहरुको भनाइ छ । तर युवा संघका कार्यकर्ताले आफुहरुमाथि ढुङ्गामुडा गरेको दुर्गा प्रसाईं समर्थकहरुको आरोप छ ।

ढुंगामुढाबाट बल्खु आसपासमा केही संरचनामा क्षति पुगेको छ भने केही बाइक र गाडीमा पनि क्षति पुगेको छ । अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ । बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ ।

हेरौं प्रदर्शनका केही तस्बिरहरु