काठमाडौँ– गणतन्त्रको विकल्प र नागरिकको मुक्तिको लागि भन्दै सो समूहले प्रदर्शन गरेका हुन् । बिभिन्न स्थानबाट र्यालीसहित आएकाहरु बल्खुमा जम्मा भएका थिए । उनीहरुले राष्ट्रिय झण्डासहित प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । निषेधित क्षेत्र पस्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । त्यसक्रममा प्रहरीसँग प्रसाईँका पक्षधरको झडपसमेत भएको छ । नागरिक बचाउ अभियानको जुलुस कालीमाटीतर्फ प्रस्थान गर्न लाग्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए । त्यसपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो ।