काठमाडौँ – सरकारले उत्कृष्ट करदातालाई सिंहदरबार छिर्ने विशेष पास उपलब्ध गराउने भएको छ । बिहीबार करदाता सम्मान कार्यक्रममा बोल्दै अर्थमन्त्रालयका सचिव कृष्णहरी पुष्करले उत्कृष्ट करदाताको माग अनुसार विशेष परिचयपत्र उपलब्ध गराउन लागिएको जानकारी दिएका हुन् ।
पास उपलब्ध भएपछि करदातालाई सिंहदरबार प्रवशेमा सहज हुने र करदातालाई हौसला र उत्प्रेरणा प्राप्त हुने उनले बताए । उनले भने, ‘यो आजैदेखि कार्यान्वयनमा आउँछ, मैले विभागलाई निर्देशन दिएको छु ।’ उक्त पास १ वर्षका लागि कायम हुने बताइएको छ ।
आन्तरिक राजस्व विभागले यस वर्ष १६ विधाका उत्कृष्ठ करदातालाई सम्मान गरेको छ।