– विक्रान्त पाण्डे (बीमा विज्ञ)


ADVERTISEMENT


सन् २०२० को सुरुवातसँगै कोरोना (कोभिड–१९)ले विश्वसमुदायलाई नै आतंकित बनायो । त्यसको प्रभावको नेपालले पनि सामना गर्नुपर्यो । दैनिक हजारौँ मानिस यसबाट संक्रमित बने भने सयौँ मान्छेले ज्यान समेत गुमाए । यहीबीच कोरोना संक्रमणको त्रासका बीच नेपालमा बीमा कम्पनीहरुले कोरोना बीमा ल्याए । जुन त्यतिबेला सर्वसाधारणका लागि फाइदाजनक पनि थियो । तर, हामीसुनिरहेका छौँ कि कोरोना बीमाको कयौँ भुक्तानी अझैँ पनि हुन सकिरहेको छ ।


ADVERTISEMENT

# # #


तर, यसमा सरकार, सम्बन्धित निकाय, बीमा कम्पनी सबै किन मौन छन् ?  पोलिसी बीमा लेख हो भने त्यसले कानुनी मान्यता राख्छ । कानुनी मान्यता राखेको बीमाको भुक्तानी दिनु बीमा कम्पनीको कर्तव्य हो । यदि त्यसो हो भने कानुन अनुसार विधि पुर्याएर गरिएको बीमाको भुक्तानीको किन नदिने ?

यो विषय कोरोना बीमासँग मात्रै जोडिएको छैन । यसले अन्य बीमाप्रति बीमा कम्पनीको नजर कस्तो छ भन्ने कुराको पनि प्रतिनिधित्व गरेको छ । कोरोना बीमाको भुक्तानी भएन भने अन्य बीमाको हालत के हुन्छ ? बीमाको सिद्धान्त अनुसार बीमा गरेको नेपाली नागरिकलाई सरकारले कारोना बीमाको रकम दिलाउनु पर्छ कि पर्दैन ?

बीमा ऐनको प्रावधान अनुसार जारी गरिएको बीमा लेखमा नेपालीले दाबी पाउने अधिकार कसले हरण गर्यो ? यसले बीमाको पारस्पारिक बीमाको सिद्धान्तलाई नै हल्लाइदिएको छ । आँखा चिम्लेर सूर्य अस्ताउँदैन । कोरोना बीमाको भुक्तानीमा मौन रहनुको गलत हो । कोही पनि नबोल्ने ? एकजना पनि नबोल्ने ? बीमा रकम भुक्तानी नगरेको जिम्मेवारी कसले लिने ? यसले बीमाप्रति आम नागरिकको विश्वास बढाउँछ कि घटाउँछ ?

बीमाको महत्वबारे स्पष्ट पार्दै बीमाप्रति आम सर्वसाधारण र ग्राहको ध्यान आकर्षित गर्न सम्बन्धित निकाय र बीमा कम्पनीको ध्यान जान जरुरी छ ।